पत्रपत्रिका
१ करोड क्षतिपूर्ति कुर्दै एसिड पीडित
शुक्रबार, ०६ साउन २०७९, ०६ : १६
मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन-६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो। भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फैसला गरिएको थियो। एसिड आक्रमणको मतियारका रूपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला गरिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण