उद्योगमा उत्साहजनक रूपमा लगानी प्रतिबद्धता
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह हुन नसकी अर्थतन्त्रको विस्तार नै ठप्प भइरहेको पछिल्लो तीन महिनामा उद्योगमा भने उत्साहजनक रूपमा लगानी प्रतिबद्धता थपिएको छ। उद्योग विभागले वैशाखयताका तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ लगानी प्रस्तावलाई स्वीकृत गरेको छ।
प्रस्तावित लगानीमध्ये २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी हो भने करिब ५७ अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी नै थप भएको छ । अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) को वैशाखदेखि असारसम्म १७ अर्बमात्र लगानी थपिएको थियो। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी उद्योगको लगानी स्वीकृतिमा उत्साहजनक वृद्धि भएको बताउँछन् । । “मुलुकको अर्थतन्त्रले आन्तरिक तथा बाह्य चुनौती भोग्नु परिरहे पनि यहाँका उद्योगी व्यवसायीमा निराशा देखिएको छैन, जुन सकारात्मक पक्ष हो,” महानिर्देशक तिवारी भन्छन् । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण