प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न छुट्टै डीएसपी

जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डीएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डीएसपीले हेर्ने गरेका थिए ।
परिसरमा २ जना डीएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भए पनि ‘ठाडो उजुरी’ र जिल्ला प्रशासन कार्यालयको शान्ति सुरक्षाको पत्रको आवरणमा प्रहरीले त्यस्ता विवाद हेर्दै आएको छ । डीएसपी खटाएसँगै काठमाडौँ जिल्लाभरिका चेक बाउन्सका मुद्दा टेकु स्थित प्रहरी परिसर बाट हेर्न थालिएको छ । काठमाडौँको मातहतमा डीएसपी इन्चार्ज हुने १४ वटा प्रहरी वृत्त छन् । उनीहरूलाई बैङ्किङ कसुरका मुद्दा हेर्ने कानुनी अधिकार दिए पनि उपत्यका प्रहरी कार्यालयले छुट्टै अधिकृत खटाएर मुद्दा केन्द्रीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
-
अरब सागरबाट भित्रियो जलवाष्पयुक्त हावा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?
-
ट्रम्पले मध्यपूर्व टेक्नुअघि हमासले रिहा गरेका अलेक्जेन्डर फर्किए इजरायल
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची