प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न छुट्टै डीएसपी
जिल्ला प्रहरी परिसर काठमाडौँमा बैङ्किङ कसुरका मुद्दा हेर्न प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई खटाइएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकले लेनदेन र बैङ्किङ कसुर मुद्दा हेर्ने गरी डीएसपी श्रीराम भण्डारीलाई खटाएका हुन् । एआईजी धानुकले काजमा भण्डारीलाई खटाएका हुन् । यसअघि बैङ्किङ कसुर सम्बन्धी मुद्दा परिसरको मुद्दा शाखाका डीएसपीले हेर्ने गरेका थिए ।
परिसरमा २ जना डीएसपीको मात्रै दरबन्दी छ । लेनदेन विवादका मुद्दा प्रहरीले हेर्न नपाउने कानुनी व्यवस्था भए पनि ‘ठाडो उजुरी’ र जिल्ला प्रशासन कार्यालयको शान्ति सुरक्षाको पत्रको आवरणमा प्रहरीले त्यस्ता विवाद हेर्दै आएको छ । डीएसपी खटाएसँगै काठमाडौँ जिल्लाभरिका चेक बाउन्सका मुद्दा टेकु स्थित प्रहरी परिसर बाट हेर्न थालिएको छ । काठमाडौँको मातहतमा डीएसपी इन्चार्ज हुने १४ वटा प्रहरी वृत्त छन् । उनीहरूलाई बैङ्किङ कसुरका मुद्दा हेर्ने कानुनी अधिकार दिए पनि उपत्यका प्रहरी कार्यालयले छुट्टै अधिकृत खटाएर मुद्दा केन्द्रीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण