कर्णालीमा गठबन्धनभित्रको लफडा मिल्यो
गत मंगलबारदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक आज सोमबार सञ्चालन हुने भएको छ। सत्तारुढ दलभित्र (काँग्रेस–माओवादी)भित्र देखिएको समस्या समाधान भएसँगै आज संसद् चल्ने भएको हो ।
नेकपा माओवादी केन्द्रले गत मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली गठबन्धनको स्प्रिट विपरीत भएको भन्दै संसद् अवरुद्ध गरेको थियो । आइतबार बसेको गठबन्धनका नेताहरूबीचको छलफलमा माओवादीले उठाएका विषय सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही राजी भएसँगै समस्या समाधान भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री विमला केसीका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूर्ण विधेयकको कुरामा नमिलेका मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको छ।
आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्व मन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, एस प्रदेश अध्यक्ष अम्मर बहादुर थापा सहभागी थिए ।
अहिले केही बेरमा माओवादी संसदीय दलको बैठक बस्ने बताइएको छ । गठबन्धनभित्रको समस्या समाधान भएसँगै आज दिउँसो तीन बजेका लागि संसद् बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण