कर्णाली प्रदेशसभाद्वारा दुई विधेयक सर्वसम्मतिले पारित
कर्णाली प्रदेशसभाको बैठकमा दुईवटा विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो ।
सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई दुईवटै विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव पेस गर्न अनुमति दिएसँगै बैठकले विधेयक पारित गरेको थियो । उक्त बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीद स्मृति भत्ता र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ता दिने गरी काम अगाडि बढाएको बताए ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बैठकमा आफ्ना धारणा राखे । सभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने जानकारी सभामुख शाहीले गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण