वनमन्त्री यादवले भने, ‘देशको थप जिम्मेवारीका कारण ‘मुस्कान’ खेल्दिन’
वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफूले फिल्म अभिनय नगर्ने बताएका छन् । सोमबार ‘मुस्कान’ फिल्म अभिनय गर्न लागेको समाचार बाहिर आएपछि मन्त्री यादवले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म अभिनय नगर्ने बताएका हुन् ।
अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने फिल्म ‘मुस्कान’ मा काम गर्न प्रस्ताव गरे पनि मन्त्रालय र देशको थप जिम्मेवारीका कारण फिल्ममा अभिनय नगर्ने उनले बताएका छन् । उनले लेखेका छन्, ‘‘मुस्कान’ फिल्मको विषयलाई लिएर अहिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन ,अभिनय गर्न विषयमा केही समय अगाडि कलाकार श्री रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो ।
विभिन्न चरणमा छलफल पनि भयो । तर अहिले थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय अभाव भएको यहाँहरूलाई सर्वविदितै छ । देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यस्तताका कारण फिल्मको छायाङ्कनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु ।
यद्यपि, एसिड पीडित मुस्कान खातुन बहिनीको जीवन कथामा आधारित फिल्मसँगै उनको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति मेरो समर्थन भने रहनेछ । साथै, मसँग जोडिएको विषयमा मलाई नसोधेर लेखिएको समाचार प्रति भने मेरो आपत्ति छ ।
तसर्थ आगामी दिनमा मसँग जोडिएका कुनै पनि विषयमा लेख्दा सोधेर बुझेर लेख्न पनि आग्रह गर्दछु । धन्यवाद । विभिन्न चरणमा रमितजीसँग छलफल पनि भयो । तर, अहिले थपिएको जिम्मेवारीका कारण मन्त्रालयको कामले नै समय अभाव भएको यहाँहरूलाई सर्वविदितै छ ।
देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवं संवर्द्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यस्तताको कारण फिल्मको छायाङ्कनका लागि समन नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण