टाइगर र दिशाको ब्रेकअप
बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ ।
झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ । जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन । तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग चलि नरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ । जोडीमा केही असमझदारी भएपछि एकआपसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन् ।
टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन् । दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ । ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण