सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि आज तेस्रो पटक सोधपुछ
सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदै छिन् ।
निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार विरोध प्रदर्शन गरेका थिए ।
विपक्षी नेताहरूलाई निशाना बनाउने केन्द्रीय एजेन्सीहरूको कथित दुरुपयोग गरेको आरोप लगाउँदै त्यसको विरोधमा संसद भवनबाट राष्ट्रपति भवनसम्म कंग्रेस सांसदहरूले मार्च गरेका थिए। मार्चको नेतृत्व गरेका कंग्रेस नेता राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि सोही मुद्दामा राहुल गान्धी विभिन्न चरणमा इडीमा उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण