चुरे क्षेत्रका लागि ५ वर्षमा १५ अर्ब १७ करोड लागत अनुमान
चुरे क्षेत्रका लागि आगामी ५ वर्षमा करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको गुरुयोजना कार्यान्वयनका लागि ५ वर्षमा उक्त लागत अनुमान गरिएको हो।
समितिले चुरे-तराई मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना' को समीक्षा तथा परिमार्जनसहित प्रस्ताव गरेको छ। | २०७४ सालमा जारी गुरुयोजनामै हरेक ५ वर्षमा गुरुयोजना समीक्षा तथा परिमार्जन गरिने उल्लेख थियो। २०७३ सालमा स्वीकृत गुरुयोजनामा भने ५/५ वर्षमा चार चरणका कार्यक्रम प्रस्ताव गरिएको थियो । पहिलो चरणको कार्यक्रमलाई ८१ अर्ब ६१ करोड, दोस्रो चरणलाई ६७ अर्ब, तेस्रो चरणलाई ५१ अर्ब ९५ करोड, चौथो चरणलाई ४९ अर्ब ८७ करोड र अन्तिम वर्षका लागि एक अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गरिएको थियो । गुरुयोजनाले दोस्रो चरणलाई ६७ अर्ब बजेट अनुमान गरेको भए पनि हाल १५ अर्ब १७ करोड मात्रै बजेट अनुमान गरिएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण