दलीय उम्मेदवारले पनि हालेनन् आफैँलाई मत
स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार आफैँले समेत मत नहालेको पाइएको छ । उक्त दलले प्रमुख पदमा कुनै मत पाएको छैन । अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएकामा दुवैले आठ मत ल्याएका छन् ।
आयोगका अनुसार सात दलले मात्रै देशभरि एक प्रतिशतभन्दा बढी मत ल्याएका छन् । राष्ट्रिय मान्यता प्राप्त गरेको नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल; नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रमुख पदमा एक प्रतिशतभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार चुनावमा ७९ दलले उम्मेदवारी दर्ता गराएका थिए । १८ दलले मात्रै पालिकाको प्रमुख वा अध्यक्ष पद जितेका छन् तर स्थानीय तहमा स्वतन्त्रसहित २९ दलको प्रतिनिधित्व भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण