भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी
बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्। स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका काम सुरु नगरे सदाका लागि फोहोर फाल्न नदिने बताएका छन्।
स्थानीय सङ्घर्ष समितिले हिजो बुधबार सहरी विकास मन्त्री मेटमणि चौधरीलाई ज्ञापनपत्र बुझाएर फोहोर रोक्ने चेतावनी दिएका हुन्। त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सो पत्र बुझाउने तयारी गरेको तर मन्त्रीको समय नमिलेका कारण सो काम बाँकी रहेको समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए। प्रभावित क्षेत्रको विषयमा सहमति गर्ने, प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने राजनीतिक दल, काठमाडौँ महानगरपालिका र सरकारलाई नरसंहार गर्न लागेको समितिको आरोप छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
-
बालेन सरकारका ८ मध्ये ४ अध्यादेश प्रतिनिधि सभाबाट पारित
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण