आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इराकमा सयौँ प्रदर्शनकारी संसद भवन पसे

बिहीबार, १२ साउन २०७९, ११ : ३५
बिहीबार, १२ साउन २०७९

इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् । प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्म गुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् । 

९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ । 

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन । प्रधानमन्त्रीका लागि  पछिल्लो नामाङ्कनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप