बलात्कार आरोपी सिद्धबाबाको महायज्ञमा सरकारका मन्त्रीहरु पुगेको भन्दै आपत्ति
नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा.तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र सञ्चालन भएको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेको प्रति आपत्ति जनाएकी हुन् ।
उनले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गरिन् । सांसद तुम्बाहाङ्फेले आरोपित गिरीलाई अदालतले साधारण तारिखमा छोडेकोले न्यायाधीशमाथि पनि प्रश्न उठेको बताइन् ।
उनले भनिन्, ‘पशुपतिनाथको परिसरभित्र ९ दिने महायज्ञ सञ्चालन भइरहेको भन्ने कुरो सर्वत्र हामीले सुनिरहेका छौँ । सबैतिर चर्चाको विषय बनेको छ । सो महायज्ञमा सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दासँग गाँसिएका आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका व्यक्ति पनि संलग्न छन् भन्ने कुरा सर्वत्र छरिएको कुरा छ । सबैले बुझेकै कुरा छ । तसर्थ हामीले अदालतमा विचाराधीन मुद्दाको बारेमा भन्नु केही छैन । तर सो मुद्दासँग जोडिएका व्यक्ति कृष्णबहादुर गिरी अथवा सिद्धबाबा भनेर चिन्ने गरिएको छ । ती व्यक्ति जोडिएको जहाँ हाम्रो सरकारका मन्त्री, महान्यायाधिवक्ता समेत सो महायज्ञमा गएर आफ्नो उपस्थिति जनाउँदा खेरी यो मुलुकका नेपाली महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले ? हामीले भनिरहेका छौँ सो मुद्दामा आरोपित व्यक्ति जति बेलासम्म यो मुद्दा फैसला हुँदैन तबसम्म आरोपित व्यक्तिलाई सर्वोच्च अदालत र पुनरावेदन अदालत विराटनगरले पुर्पक्षको लागि थुनामा राख्नु भनेर आदेश दिएको कुरा हामीले सुनेका छौँ । त्यसरी साधारण तारिखमा छोड्नुहुन्न भनिरहँदा, अदालतले आदेश दिइरहँदा खेरी अदालतका न्यायाधीशहरु सादा तारिखमा छोडिरहँदा खेरी न्यायाधीशको आफ्नो कार्यकुशलतामाथि प्रश्नचिन्ह खडा भएको छ । त्यसैले त्यस विषयमा छानबिन हुन्छ कि हुन्न भनेर हामीले सम्बन्धित पक्षलाई प्रश्न गरेका छौँ ।’
उनले आरोपित व्यक्ति शक्ति केन्द्रका मानिसहरुसँग जोडिनुले पीडितलाई मनोवैज्ञानिक असर पर्ने बताइन् । यस्तो कदमले पीडित माथि झनै उत्पीडन हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण