साउथ सुपरस्टार सामन्थाले किनिन् पूर्व श्रीमानको घर
साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग बस्ने गरेको खुलासा गरे ।
यो घरसँग उनको धेरै सम्झना जोडिएकाले यसलाई फेरि किन्ने निर्णय गरेकी हुनसक्ने निर्माताले अनुमान गरे ।
आमासँग बस्छिन् सोही घरमा
मुरलीका अनुसार जब सामन्था र नागा अलग हुन लागेका थिए, तब उनीहरूले यो घर बेचेका थिए । तर त्यसपछि अभिनेत्रीले पैसा जुटाइन् र पुनः घर मालिकसँग कुरा गरेर पहिलेभन्दा धेरै पैसा तिरेर किनिन् । उनलाई त्यो घर जसरी पनि किन्नु थियो । अहिले उनी त्यही घरमा आमासँग बस्छिन् ।
अक्टोबरमा सम्बन्धविच्छेद
सामन्थाले ६ अक्टोबर २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् । विवाहको झण्डै ४ वर्षपछि गत वर्ष अक्टोबरमा दुवैले सामाजिक सञ्जालमा एक पोस्टमार्फत अलग भएको घोषणा गरेका थिए । विवाहअघि समन्था र नागाले करिब तीन वर्ष डेट गरेका थिए । यी दुईले ‘मनम’, ‘ये माया चेसावे’ र ‘आटोनगर सूर्य’ जस्ता धेरै फिल्ममा सँगै काम गरेका छन् ।
’द फ्यामिली म्यान २’ बाट डिजिटल डेब्यु
सामन्थाको आगामी प्रोजेक्टको कुरा यी अभिनेत्री चाँडै फिलिप जोनसँग ‘एरेन्जमेन्ट अफ लभ’ मा देखिने छिन् । यो फिल्ममा सामन्था बाइसेक्सुअल भूमिकामा देखिने छिन् । यसबाहेक उनी ‘शकुन्तलम’, ‘यशोदा’ र ‘खुशी’ जस्ता फिल्ममा काम गर्दैछिन् । अभिनेत्रीले ‘द फैमिली म्यान २’ बाट डिजिटल डेब्यु गरेकी हुन् ।
सामान्था लगातार तीनपटक भारत भरको सर्वेक्षणमा सबैभन्दा चर्चित महिला कलाकारको शीर्ष स्थान हासिल गरिसकेकी कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण