तस्बिरमा ढाका सहरको सुन्दरता
फोटोपत्रकार प्रदीपराज वन्त हालै बङ्गलादेशको ढाका पुगेर आएका छन् । त्यसक्रममा उनले सहरका विभिन्न तस्बिरहरु कैद गरेका छन्। हेर्नुहोस् तस्बिरहरु :

बङ्गलादेशको ढाकामा रहेको वुडीगंगा सागर क्षेत्रमा पार्किङ गरेर राखिएको जहाजहरू । उक्त जहाजहरू रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा जानको मानिसहरूले यातायातको रूपमा प्रयोग गर्दछन् ।

बङ्गलादेशको ढाकामा रहेको वुडीगंगा सागर समान ओसार पसार गर्दै कामदारहरू उक्त क्षेत्रका बासिन्दाहरू डुङ्गाको सहायताले समानहरू एक ठाउँबाट अर्को ठाउँमा लाने गरिन्छ ।

बङ्गलादेशको ढाकामा सहरको सडक छेउमा पुस्तक पढ्दै गरेको एक बालक ।

बङ्गलादेशको ढाकाको मुख्य सहरको सडक छेउमा पुरानो पैसा सटहीको लागि ग्राहक कुर्दै व्यापारीहरू उक्त ठाउँमा पुरानो पैसा साटेमा सयको असि टाक्का सम्म दिने गर्दछन् ।

बङ्गलादेशको राष्ट्रिय शहीद स्मारक सन १९७१मा बङ्गलादेशको स्वतन्त्रताको लागि युद्धमा मरेकाहरूको सम्झनामा स्थापना गरिएको हो । यो स्मारक पश्चिममा पर्ने सावरमा अवस्थित छ ।

बङ्गलादेशको ढाकामा सहरमा जाममा रहेको रिक्साहरू । बङ्गलादेशमा यातायातको सहजीकरणको लागि प्राय रिक्साको बढी प्रयोग गरिन्छ ।

पनम सहर बङ्गलादेशको एक प्राचीन सहर हो । यसको पुरातात्त्विक भग्नावशेषहरू बङ्गलादेशको नारायणगंजको सोनारगाँवमा अवस्थित छ । यो बङ्गलादेशको सबैभन्दा पुरानो सहरहरूमध्ये एक हो जुन अहिले पनि रहेको छ । यहाँ पर्यटकहरू धेरै मात्रामा भ्रमण गर्दछन् ।

ढाकाका लागि बुर्तिगंगा आर्थिक रूपमा निकै महत्त्वपूर्ण छ । प्रक्षेपण र देशका यो नदी सहरको पिउने पानीको मुख्य स्रोत पनि थियो । यो नदीमा हिन्दु धर्मालम्बीहरुले स्नानको लागि प्रयोग गर्दै आइ रहेका छन् र वर्षमा एक चोटि ठुलो मेला पनि लाग्ने गर्दछ ।

ढाकास्थित बुर्तिगंगामा जलकुम्भी झारले छोपिएको सागर ।


बङ्गलादेश लोक कला र शिल्प फाउन्डेसन जहाँ कला र शिल्प सम्बन्धी प्रशिक्षण दिने तथा कार्यक्रमको आयोजना गर्ने गरिन्छ यो बङ्गलादेशमा सोनार्गन, नारायणगंजमा अवस्थित छ ।

बङ्गलादेशको नारायणगंज स्थित शितलक्षय नदीमा रहेको फेरीमो माध्यमबाट आवतजावत गर्दै गाडी तथा सर्वसाधारणहरू ।यो नदी बङ्गलादेशको ठुलो व्यापारिक बन्दरगाह हो ।

बङ्गलादेशको नारायणगंज स्थित शितलक्षय नदीमा माछा मार्दै स्थानीयहरू ।यो नदी बङ्गलादेशको ठुलो व्यापारिक बन्दरगाह हो ।

अहसन मन्जिल ढाकाको नवाबको पूर्व सरकारी आवासीय दरबार र सीट हो । यो भवन बङ्गलादेशको ढाकास्थित बुरीगंगा नदीको किनारमा रहेको कुमारटोलीमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण