मुगुमा सुत्केरी महिलाको सेनाको हेलिकोप्टरमार्फत उद्धार
मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगुमा कार्मारोङ गाउँपालिका –३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिनअघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उनले भने, ‘लामाको टाउकोमा रगत जमेकाले तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरोसम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकोले काठमाडौंमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।’
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दावक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार यसअघि यसरी उद्धार गर्नुपरेको थिएन । जटिल केश भएका कारण अहिले उद्धार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
-
लक्षण राम्रा छैनन्, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्वगृहमन्त्री अर्याल
-
प्रतिनिधि सभामा विपक्षी दलहरूद्वारा उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण