सरकारका कामकाज ‘भद्रगोल’, कर्मचारी ‘लगामबिनाका घोडा’
प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन-चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् । प्रधानमन्त्रीले अन्य मन्त्रीको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय नियमित अनुगमन तथा कार्यसम्पादन मूल्याङ्कन गर्न नसक्दा सरकारका अधिकांश कामकाज ‘भद्रगोल’ अवस्थामा पुगेका छन् ।
यसअघिका सरकारका प्रधानमन्त्रीले मन्त्री र सचिवलाई नियमित रूपमा बोलाएर अन्तर्क्रिया गर्दै ‘प्रभावकारी रूपमा काम गर्न निर्देशन दिने’ गरेका थिए । तर, देउवा प्रधानमन्त्रीका रूपमा आएपछि एक वर्षको अवधिमा सचिवसँग एकपटक मात्रै छलफल गरेको स्रोत बताउँछ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण