शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन

बिहीबार, १८ असार २०८३, १८ : २१
बिहीबार, १८ असार २०८३

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन दिएकी छन्।

बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालय पुगेकी मन्त्री बादीले  उक्त निर्देशन दिएकी हुन्।

कर्मचारीलाई निर्देशन दिँदै भनिन्, “बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेका छन्। यो अवस्थाबाट अब हामीले हाम्रा बालबालिकालाई जोगाउनुपर्छ। अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति प्रदान नगर्नुहोस्।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप