जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
काठमाडौँ । प्रहरीले जेठ महिनामा देशभरबाट २ हजार १८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ जरिवानासमेत असुल गरिएको छ।
सबैभन्दा बढी प्रतिवादी मधेस प्रदेशबाट पक्राउ परेका छन् भने सबैभन्दा बढी जरिवाना रकम केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा असुल भएको छ। मधेस प्रदेशबाट ५३९ जना पक्राउ परेका छन् भने बागमती प्रदेशबाट ३६० जना छन् । यसैगरी काठमाडौँ उपत्यकाबाट ३२६ जना पक्राउ पर्दा लुम्बिनी प्रदेशबाट ३२० जना पक्राउ परेका छन्।
यसैगरी कोशी प्रदेशबाट ३०५ जना पक्राउ परेका छन् भने गण्डकी प्रदेश १३२ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ पर्दा कर्णाली प्रदेशबाट भने ६३ जना पक्राउ परेका प्रहरीले जनाएको छ।
यस अवधिमा सीआईबीले १७ जनालाई पक्राउ गरेको छ, उनीहरूबाट सबैभन्दा बढी १० करोड ३१ लाख ४४ हजार ७६४ रुपैयाँ जरिवाना असुल गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण