नेपाली लोकसंस्कृति प्रदर्शन गर्न १६ नेपाली कलाकार स्वीजरल्याण्डमा
स्वीजरल्याण्डमा आयोजना भइरहकाे ‘अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव मग्टिग्नी’ मा नेपालको पनि लोकसंस्कृतिको प्रस्तुति हुने भएको छ । गत १ अगष्टबाट सुरु भएको ६ अगष्टसम्म चल्ने महोत्सवमा नेपाल सहित स्वीजरल्याण्ड, सर्विया, चेक रिपब्लिका, चिली, मोल्दोबा, जिम्बाबे, इलटी लगायतका देशका सयौँ कलाकारले आफ्नो देशको लोकसंस्कृतिको प्रदर्शन गर्नेछन् ।
नेपालबाट एभरेष्ट कल्चर ग्रुपको संयोजकत्वमा १६ जना कलाकार टोली सहभागी छन् । जसको टोली नेता रामचन्द्र कोइराला र शीतल आचार्य हुन् । नेपालबाट प्रस्तुत हुने सम्पूर्ण कल्चरल नृत्यको संयोजन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले गरेका छन् । कोरोना पछिको सांस्कृतिक यात्रा नेपालको यो नै पहिलो भएको निर्देशक केसीले जानकारी दिए ।
केसीका अनुसार नेपालबाट महोत्सवमा मारुनी नृत्य, झिझिया नृत्य, धिमाल नृत्य, झ्याउरे नृत्य, तामाङ सेलो, गर्रा नृत्य, हेड्केली नृत्य लगायत हिमालदेखि तराइसम्मका सातै प्रदेशको प्रतिनिधित्व हुने गरेर नेपालको प्रस्तुति राखिएको छ । सांस्कृतिक टोलीमा ५ जना म्युजिसियन, ११ जना नृत्य कलाकारहरू गरेर १६ जना कलाकार सहभागी छन् । यो कार्यक्रमपछि नेपाली टोलीले अगष्ट ९ देखि १५ अगष्टसम्म फ्रन्सको विभिन्न प्रान्तमा नेपाली कल्चरल समेत प्रस्तुत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण