निशा घिमिरे स्मृति पुरस्कार घोषणा
निशा घिमिरे स्मृति कोषले यो वर्षको पुरस्कार कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई दिने भएको छ । कोषको हालै बसेको बैठकले शो निर्णय गरेको हो । पुरस्कार राशि जनही २५ हजार रकम र सम्मानपत्र रहेको छ ।
कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नर्भिक अस्पतालकी मेघा चौधरी, संचारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय समेत गरेको छ । केही वर्ष अगाडि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । गत वर्षै स्व.निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।
शुभेच्छुकदाता र रजतपटका संचालक संचारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकम निशाको मृत्युपछि अक्षय कोषमा राखि प्रत्येक बर्ष दुई मोडल अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भएबमोजिम यस वर्षको पुरस्कार बितरण गर्न लागिएको हो ।
स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी उषा घिमिरे लगायत रहेका छन् । पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि बितरण गरिने निशा घिमिरे स्मृति कोषका सदस्य सचिव
मोहन निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण