‘द फ्लीक मोडल्स सेसन’को लागि ८ पुरुष र १५ महिला भिड्दै
नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा ‘द फ्लीक मोडल्स सेसन’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामि शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी गराए । उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला विजेताका साथमा फस्ट र सेकेण्ड रनर्सअपको घोषणा गरिनेछ । विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिनेछ ।
प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला मोडलले स्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषततर्फ ब्रबिन योञ्जन, जेम्स सुन्दास, दिपेन्द्र सोनाम, सागर बस्नेत, केबिन कार्की, शारदा बीर चन्द्र र विदान्त रञ्जितबीच स्पर्धा हुनेछ। त्यसैगरी महिलाततर्फ सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतीमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अंकी, श्रेष्ठ, सुष्मिता महर्जन, सुष्मिता बराल, अमिशा सुवेदी, निशा खजुरेल र सविना बस्नेतबीच भिडन्त हुनेछ ।
अन्तिम स्पर्धाबाट फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, अभिनेत्री सञ्चिता लुईंटेल, इभेन्ट अर्गनाइजर विशाल गुरुङ, मोडल दीपक घिमिरेको निर्णायक मण्डलले विजेताको चयन गर्नेछ । ऋता कटेलले होस्ट गर्ने प्रतियोगिामा अन्य उपउपाधि विजेताको घोषणा समेत गरिनेछ । प्रतियोगिताको अन्तिम स्पर्धाबाट उपाधि चुम्नका लागि प्रतियोगिहरु केही साता यता विभिन्न विधाको प्रशिक्षण र तालिममा व्यस्त छन् । मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेहरुका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुने आयोजक आदर्श शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण