लोकदोहोरी प्रतिष्ठानका शिव हमालकै गीत विवाद, पेटीकोटमा नाच्ने मोडलको आलोचना
यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो ।
शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक संजालमा उनी बिरुद्ध समेत बिभिन्न आलोचना भइरहेको छ ।
गीत हटाउन हमाललाई चौतर्फी दबाब परेको छ । गीतको बिषयमा चौतर्फी दबाव भएपछि हमालले गीतको भिडियो सच्याउने भएका छन् । ‘गीत र भिडियोको बिषयमा म लज्जित छु । आत्मालोचना सहित माफी माग्छु’ हमालले रातोपाटीसँग भने ‘म आफै अरुको गीतमा यस्तो हुनु हुदैन भन्ने मानिस । मेरो यस्तो भयो ।’ उनले आफ्नो कारणले नभएर भिडियो टिमको कारणले गल्ती भएको भन्दै तुरुन्तै भिडियो सच्याएर ल्याउने सुनाए ।
गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।
के भन्छन् हमाल ?
गीत विवादले मलाई पनि नराम्रो लागेको छ । एउटा बैसालु, सोझी, कुमारी युवतीको मनोविज्ञान मैले गीतमा उतारेको हो । भिडियोले त्यसलाई अपव्याख्या गरेको रहेछ । म उपत्यका बाहिर भएको बेला भिडियो सुटिङ भएछ । मैले आएर हेर्दा म जोडिएको बिषयमा यस्तो हुँदैन ।
अरुले गर्दा बोल्ने म मेरो गीतमा यस्तो कसरी हुन्छ । यो भिडियोले सुधार्ने हो बिगार्ने होइन भनेर दृश्य हटाउन लगाएको थिए । त्यो नहटाइ हालेको रहेछ । त्यो हट्छ । त्यसका लागि आज अर्काे भिडियो सुटिङ हुँदैछ ।
गीतसंगीत सुधार्न धेरै दु:ख गरेको मैले आफ्नो गीतको भिडियोले लज्जित हुनुपर्दा धेरै दु:खी छु । आत्मालोचना गरेको छु । मसँग जोडिएको कारणले माफी माग्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण