ओलीलाई फोन गर्दा लागेन, प्रतिपक्षलाई बेवास्ता गरिएको छैन : सरकारका प्रवक्ता
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको बताएका छन् । उनले बिहीबारको मन्त्रिपरिषद् बैठकअघि चुनावको मिति घोषणाबारे परामर्श गर्न एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेपनि सम्पर्क हुन नसकेको जिकिर गरे ।
सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत भएको बताए । एमालेका केही नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको गुनासो गरेपछि उनले यस्तो बताएका हुन् । उनले मंसिर ४ को चुनाव अपेक्षित भएकाले यसमा सबै जानकार रहेको पनि बताए ।
गठबन्धनको बैठकले संघ र प्रदेशमा पाँच वटै दलबीच तालमेल गरेर जाने निर्णय गरेको उनले बताए । । तालमेलका मोडालिटीलगायतका विषयमा कार्यदल बनाएर अघि बढिने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
-
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
-
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण