कर्णालीका मुख्यमन्त्रीद्वारा गुर्भाकोटको निरीक्षण
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको निरीक्षण गरेका छन् । शुक्रबार दिउँसो गुर्भाकोट पुगेका उनले गुर्भाकोटका कर्मचारीहरुलाई जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए । धेरैजसो समय कार्यलय र वीरेन्द्रनगर बाहिर नजाने मुख्यमन्त्री शाही भने शुक्रबार एक्कासी गुर्भाकोट पुगेका हुन् ।
गुर्भाकोट नेपाली काँग्रेसको वर्चश्व रहेको पालिका हो भने काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहपालिका समेत हो । निरीक्षणका क्रममा उनले स्थानीय तहको सरकार चुल्होको सरकार भएकोले सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाह प्रदान गर्न निर्देशन दिएका थिए ।
साथै उनले जनप्रतिनिधिलाई जनताको अपेक्षाअनुसार काम गर्न समेत निर्देशन दिए । गुर्भाकोटमा नेपाली काँग्रेसबाट प्रमुखमा हस्त पुन र उपप्रमुखमा मैना विक निर्वाचित भएका थिए । साथै मुख्यमन्त्री शाहीले स्थानीय तह र जनप्रतिनिधि, कर्मचारीको वृत्ति विकासमा प्रदेश सरकार संवेदनशील रहेको समेत बताए । मुख्यमन्त्री शाहीलाई नगर उपप्रमुख मैना विकले स्वागत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
-
एकैदिन ३३ अर्ब सरकारी भुक्तानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण