लेडी गागाको कुकुरलाई गोली प्रहार गर्नेलाई चार वर्ष जेल सजाय
हलिउड गायिका तथा अभिनेत्री लेडी गागाको कुकुर रेयान फिसरलाई गोली हानेको र डकैती गरेको आरोपमा एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ । आरोपी जेलिन ह्वाइटविरुद्ध हत्याका प्रयास र डकैतीको योजना बनाएको आरोप थियो । जेलिनले आरोपलाई स्वीकार्दै घटनाको समय समूहका एक सदस्य हतियारसहित रहेको बताएका छन् ।
आरोपीलाई २४ फेब्रुअरी २०२१ मा भएको फायरिङ र कुकुर अपहरणको एक ड्रामेटिक सर्विलान्स भिडियोको आधारमा पक्राउ गरिएको थियो । भिडियोमा दुई व्यक्तिले रेयानलाई हमला गरेको देखिएको थियो । जसमा एकले कुकुरलाई पक्रेका थिए भने अर्काले बन्दुक तेर्स्याएका थिए । त्यसपछि बन्दुकको आवाज आउँछ र उनीहरु दुई कुकुरलाई लिएर फरार हुन्छन् ।
सो घटनामा एक कुकुरलाई प्रहरीले बचाए पनि अर्को कुकुर भने बन्दुकधारीले अपहरण गर्न सफल भएका थिए । सो समय लेडीले कुकुर भेटाउनेलाई पाँच लाख अमेरिकी डलर इनाम दिने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण