बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

शनिबार, २१ साउन २०७९, ०९ : ०७
शनिबार, २१ साउन २०७९

तीन दशकदेखि लेखनमा सक्रिय टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले नेपाली भाषामा प्रकाशन गरेको छ । कथालाय इन्कका निर्देशक राजीवधर जोशीले गरेको अनुवादमा वागर अघाईका चित्र समावेश छन् । 

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा प्रस्तुत छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानो पंखी चरा निकै फुरुङ्ग परेको छ । किनकि ऊ सानो भएपनि उसका सपना निकै ठूला छन् । 

सानो पंखी चरा सपनाका व्यापारी आउने कुराबारे उल्लु काकालाई सोध्छ । एकाएक आकाशमा देखिएका रंगीबिरंगी चराले बहुमूल्य सामान लिएर कागहरूको देशमा आइपुग्छन् । तिनीसँग अरुहरुले आफ्नो रुचिअनुसारको सामान किन्छन् । ठूल्ठूला सपना बोकेर हिँड्ने सानो पंखीको रोजाइमा कुन सामान प¥यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ? यसरी यसमा सानोपंखीको मनोदशालाई  प्रस्तुत गरिएको छ । 
सात वर्ष वात्सल्यभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप