प्रताप दास र दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत सार्वजनिक
चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वर रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई युवा गीतकार डीपी खनालले शब्द रचना गरेका हुन। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।
सरोज राना प्रजा र आभा थापाको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि अभिनय हेर्न पाइन्छ। फराज अर्पनको छायांकन, संतोष राज बाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन ।
निर्देशक गणेश शाहले निर्देशन गरेको गीतको भिडियो 'राईट ट्यून' अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण