कमेडीका लागि सिम्खडाले खोले आफ्नै नामबाट युट्युब
चर्चित हास्य कलाकार /कवि शैलेन्द्र सिम्खडाले पनि आफ्नो आधिकारिक युट्युव च्यानल सञ्चालनमा ल्याएका छन् । उनले आफ्नै नामबाट युट्युब च्यानल बनाएका हुन् । उनले एक भिडियो पोष्ट गर्दै आफुले आधिकारिक रुपमा युट्युब च्यानल ल्याएको जानकारी दिएका छन् ।
‘विगत ४२ बर्ष अगाडिदेखि रंगमञ्च र अन्य माध्यमबाट मैले गाईजात्रे हास्य-व्यङ्ग्य कार्यक्रम गर्दै आएको छु’ सिम्खडाले भने, ‘यो वर्षबाट अर्कै रहर जागेर आयो । आफ्नै नामबाट युट्युव च्यानल खोलेर यहाँहरु सक्षम आएको छु ।’ ‘अस्तव्यस्त सदा चुस्त, निरोगी बन्न जिन्दगी । सोचे हाँसो अचुक औषधि’ उनले अगाडि थपे ‘रोजे कर्म यसैलाई सोचेर मार्ग उत्तम ।’ उनले दर्शकबाट सधै मायाको अपेक्षा रहेको समेत बताएका छन् ।
यो बर्षको लागि आफुले तयार पारेको गाईजात्रे कमेडी आफ्नो च्यानलमार्फत साउन २५ गते सार्वजनिक हुने सिम्खडाले जानकारी दिए । ‘युट्युवमा गाईजात्रे प्रस्तुतिका साथै अन्य व्यङ्ग्यका प्रस्तुति समेत नियमित राख्ने छु’ उनले थपे ।
हास्य कलाकार /कवि सिम्खडाले यो वर्षको आफ्नो गाईजात्रे प्रस्तुतिमा देशलाई एउटा गतिलो गधा चाहिएको छ, हामीलाई फुटेज रिकभर होइन, लुटेज रिकभर चाहियो, गरिव देशका भ्रष्टाचार करेलाका किरा हुन् जस्ता बिषयमा चोटिलो प्रस्तुति समेट्नेछन् । उनका अनुसार समसामयिक राजनीतिक, सामाजिक र अन्य धेरै बिषयमा गाईजात्रे प्रस्तुतिमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण