सिटिजन्स बैंकका १८० शाखा प्रबन्धकहरूको भेला, सुशासनमा अब्बल हुने घोषणा
सिटिजन्स बैंकले सुशासनमा अब्बल बन्ने घोषणा गरेको छ। चितवनको सौराहामा भएको १८० शाखा प्रबन्धकहरूको भेला (लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ)बाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकलाई सुशासनमा अब्बल बनाउने घोषणा गरेका हुन् ।
सोही कार्यक्रममा बैंकले थप आकर्षक मुद्धति योजना ‘सिटिजन्स चिरायु मुद्धति योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धति योजना’ खाताको शुभारम्भ गरेको छ । यी मुद्धति योजनाहरु पोखरेलले घोषणा गरेका हुन् ।
सिटिजन्स चिरायु मुद्धति योजना योजना अन्र्तगत १३ वर्ष ४ महिनादेखि २२ बर्ष १ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाइनेछ ।
यस्तै रेमिटेन्स चिरायु मुद्धति योजनामा ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
मुद्धति निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धति निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण