इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त
आइतबार, २२ साउन २०७९, १२ : ५७
इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औं बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।
मर्चेन्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण