अरिङ्गालको टोकाइबाट एक पुरुषको मृत्यु
रुकुमपश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–१ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो । तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारको आज उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो । साथीहरूसँग सल्यानको वाफुखोलामा अरिङ्गाल झार्न गएका सुनारलाई अरिङ्गालले टोकेको थियो ।
तीन दिनसम्म झुल्नेटामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार गरेको र निको नभएपछि थप उपचारका लागि आज नेपालगञ्ज लैजाँदै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले जानकारी दिए । सुनारको शरीरमा ५३ वटा घाउ देखिएको छ । त्यसकारण सुनारलाई ५३ वटा अरिङ्गालले टोकेको अनुमान गरिएको विश्वकर्माले बताए । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए ।
उनी एक समय जिल्लाको चर्चित भलिबल खेलाडीसमेत थिए । सुनार हाल त्रिवेणी गाउँपालिकामा कर सङ्कलकका रूपमा कार्यरत रहेका थिए । उनलाई गाउँपालिकाले रुकुम र सल्यानको सिमाना खौलामा खटाएको थियो । त्यहीँबाट अरिङ्गाल झार्न सल्यान गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
-
एकैदिन ३३ अर्ब सरकारी भुक्तानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण