बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लम्बियो सर्वनामको नाटक ‘सपना अनेक अनेक’

सोमबार, २३ साउन २०७९, ११ : १९
सोमबार, २३ साउन २०७९

गीतिनाटक ‘सपना अनेक अनेक’ को मञ्चन अवधि थपिएको छ । साउन ५ गतेदेखि मञ्चन भएको नाटक २८ गतेसम्म पुर्याइएको छ । पहिले यो नाटक २२ गतेसम्म मात्र मञ्चन हुने बताइएको थियो । बरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन नाटकमा रहेको छ । गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए । ‘विधाको हिसावले गीति नाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागिताले उर्जा मिलेको छ’ मल्लले थपे ।

यो नाटकसँगै सर्वनामले कोभिडपछि आफ्नो हल सञ्चालनमा ल्याएको हो । हाउस फूल दर्शकहरुको साथ पाइरहेको नाटक खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारेका हुन् । नेपाली रंगमञ्चको इतिहासमा ४ दशकको इतिहासमा सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गरेको हो । नाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर छ ।

प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धीरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय देख्न सकिन्छ । नाटक श्रावण २८ गतेसम्म बिहिबार बाहेक हरेक दिन साँझ ५ः ३० बजे र शनिबार अतिरिक्त शो १ बजे पनि मञ्चन हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप