बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना

सोमबार, २३ साउन २०७९, १८ : ४५
सोमबार, २३ साउन २०७९

वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । 

अस्पतालले उनलाई सीसीयुमा कक्षमा राखेर उपचार गरिरहेको छ । जसको जानकारी उनले सामाजिक संजाल मार्फत गराएका छन् । ‘बायाँ काँधमा दुखाइका कारण अस्पताल आएको थिए ।  चेकअपका कारण एक्कासी बेहोस भएपछि डाक्टरले केही गम्भीर रहेको आशंकामा आकस्मिक कक्षमा राखिएको थियो’ उनले अगाडि भनेका छन् ‘अहिलेसम्म एक्सरे र अन्य सामान्य छन् । डाक्टर हृदय अवलोकन गर्न चाहन्छन् । त्यसैले मलाई एक रातको लागि सीसीयूमा निगरानीमा राखे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप