विवाह र फिल्मले सौगातलाई सकस
अभिनेता सौगात मल्लको पछिल्लो समय व्यस्तता चुलिएको छ । त्यसैले आउँदो वैशाखसम्मका नयाँ फिल्म साइन नगर्ने मुडमा छन् उनी । भदौ, असोज र कात्र्तिक यी तीन महिना फिल्मलाई दिएर त्यसपछि प्रेमिका सृष्‍टि श्रेष्ठसँग लगन गाँठो कस्ने सोच उनको छ ।
साउन लागे देखिनै उनी फिल्मको प्रमोसनमा ब्यस्त छन् । भदौ महिनामा मात्रै उनका दुई फिल्म प्रदर्शनमा आउँदैछ । फिल्म हुन् ‘द सिक्रेट्स अफ राधा’ तथा ‘माइकल अधिकारी’ । यो मध्य एक फिल्म ‘द सिक्रेट्स अफ राधा’ का उनी निर्माता समेत हुन् । दुवैका लागि उनले जसोतसो समय मिलाउँदै आएका छन् ।
भदौको उनको व्यस्तता कात्र्तिकमा पनि देखिने भएको छ । यो महिनाको अन्त्यमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’ कार्तिक मै लागि सरेको छ । कात्र्तिक मै उनी अभिनित अर्को फिल्म ‘दुई नम्बरी’ले पनि प्रदर्शन मिति तय गरेको छ । यसको प्रमोसनको लागि पनि उनले प्रशस्तै समय छुट्याउनु पर्नेछ ।
कात्र्तिकसम्म फिल्मको कामले ब्यस्त रहदा मंसिरमा हुन लागेको विवाहका लागि कसरी समय मिलाउने सौगातलाई यो सकसको बिषय भने पक्कै हो । यो सकसमा पनि उनलाई सृष्‍टिको साथ छ । किनभने उनको अहिले प्रदर्शनमा आउन लागेको फिल्म मध्य दुईमा सृष्‍टिको पनि अभिनय छ ।
लामो समययता चलेको प्रेम सम्बन्धलाई मंसिरमा विवाहमा परिणत गर्ने भनेर उनीहरुले पटक पटक भनिसकेका छन् । उनी र सृष्‍टि लामो सयदेखि लिभिङ टुगेदरमा रहेको बाहिर नलुकेको बिषय हो । पारिवारिक सहमतिमा उनीहरुले यो मंसिरमा विवाह गर्ने निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण