बाबुराम पनि सत्ता गठबन्धनमै, सँगै लिएर हिँड्ने देउवाको बचन
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।
मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका बाबुरामलाई प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सत्ता गठबन्धनमा समेट्ने प्रतिबद्धता देउवाले जनाएको रातोपाटीलाई बताए । भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘हामीहरू यही पाँच दलीय गठबन्धनकै हिस्सेदार हौँ । यो बीचमा पार्टी विभाजन भई नयाँ परिस्थिति विकसित भएर नयाँ पार्टी गठन गर्यौँ’ यादवले भने,‘हामीलाई पाँच दलीय गठबन्धनमा समेट्न भन्यौँ । उहाँले सकारात्मक जवाफ दिनुभयो ।’
पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।
यसअघि सत्ता गठबन्धनको सोमबार बसेको कार्यदल बैठकमा पनि बाबुरामलाई समेट्नुपर्ने विषयमा कुरा उठेको थियो । प्रतिगमनविरुद्धको आन्दोलनमा बाबुरामको भूमिकाको मूल्यांकन सहित उनलाई गठबन्धनमा समेटिनुपर्ने माओवादीको तर्फबाट कार्यदलमा रहेका नेता वर्षमान पुनलगायतले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण