सुन्दरी प्रतियोगिताकी फाइनलिस्ट पल्पसाको गुनासो, ‘डाक्टरले किन मोडलिङ गरेको भनेर धेरैले सोध्छन्’
२८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
डाक्टर श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । डाक्टरी पेशा र मोडलिङ एक अर्कामा नितान्त भिन्न क्षेत्र भएकोले सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले असाध्यै नकारात्मक टिका टिप्पणी पाउने गरेको दुखेसो डाक्टर पल्पसाले रातोपाटीलाई पोखेकी छिन् ।
उनले भनिन्, ‘हाम्रो समाज असाध्यै संकुचित छ । कुनै पनि क्षेत्र नराम्रो भन्ने हुँदैन । धेरैजसो आमाबुवाले आफ्नो छोराछोरी डाक्टर इन्जिनियर भएको हेर्न चाहन्छन् तर मोडल भएको स्वीकार गर्न सक्दैनन् । यहि भ्रमलाई चिर्न पनि मैले यसमा भाग लिएको हुँ ।’
‘अब हाम्रो सोच कुवाभन्दा बाहिरको हुनुपर्यो,’ उनी भन्छिन् ।
बेइजिङ युनिभर्सिटीबाट एमबीबीएस गरेकी उनलाई सिनियर डाक्टरहरुले ‘डाक्टर जस्तो प्रतिष्ठित पेशामा हुनुहुन्छ, मोडलिङ चाहिँ किन गर्नुभयो ? ’ भनेर प्रश्न सोध्ने गरेको उनी सुनाउँछिन् । कतिले त उनलाई ‘पूरै डाक्टरहरुको बेइज्जत नै गर्नुभयो नि’ भनेर कटाक्षसमेत गर्छन् ।
विद्यालयमा पनि असाध्यै तीक्ष्ण उनको डाक्टर बन्ने सपना त पहिलेदेखि नै थियो । घरका लगभग सबै सदस्य डाक्टर भएपछि उनलाई यो पेशामा एक प्रकारको ‘मोह’ नै थियो तर उनले यसमा मात्रै भुल्न चाहिनन् । मोडलिङको दुनियाँले उनलाई आकर्षित गर्दथ्यो । मिस नेपालमा समेत जाने सोच थियो तर त्यसमा भाग लिन केही कुराले उनलाई रोक्यो । अब त पढाई सकियो भनेर उनले आफ्ना इच्छा र सपना पछ्याउने सोच बनाइन् । ‘मैले आफ्नो युथ पढाईमा खर्चिएँ । अब त पढाई सकियो । डाक्टर पनि बनिसकेँ । मोडलिङमा गएपछि धेरै थरी कुरा सुनिरहेको छ, त्यस्ता कुराहरुले कहिलेकाँही डिमोटिभेट गर्छ,’ उनले भनिन् ।
‘डाक्टरले यो लगाउनु हुँदैन, यस्तो खानु हुँदैन, यसरी हिँड्नु हुँदैन’ भनेर धेरैले नानाथरी कुरा गरिरहेको पनि उनी बताउँछिन् ।
तर उनलाई यस्ता कुरा चिर्न चाहन्छिन् । उनलाई उनको बलियो इच्छाशक्तिले यहाँसम्म डोर्याइरहेको छ । डाक्टर, इन्जिनियर, पाइलट मात्रै नभई, सबै क्षेत्र राम्रो छ भनेर उनले सन्देश दिन खोजेको उनी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण