राष्ट्रिय युवा परिषदद्वारा आयोजित तीन प्रतियोगितामा ओझा, चालिसे र कार्की बने विजेता
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आयोजित नेपाली गजल , टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ।
परिषदद्वारा सार्वजनिक गरिएको नतिजा अनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम, खोटाङका विक्रम चेतनशील राई द्वितीय , कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्यले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
यसैगरी युट्युव भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे प्रथम, सुनसरीका तीर्थराज विश्वकर्मा द्वितीय, सुर्खेतकी प्रिशिला गिरी तृतीय र कपिलबस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका छन्।
यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की प्रथम, नवलपरासीका आश्विन परियार द्वितीय, दाङकी मनिषा परियार तृतीय र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन्।
सवै प्रतियोगितामा प्रथम हुनेलाई चालीस हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
सप्ताहव्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषदले विदेशबाट फर्किएका युवासँग उद्यम परिसंवाद, नव उद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद, सरसफाइ लगायतका विविध कार्यक्रम आयोजना गरेको छ।
अगष्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको दिन तदनुसार श्रावण २७ गते राष्ट्रिय सभा गृहमा आयोजित मुल समारोहमा विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र दिइनेछ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण