अल्लु अर्जुनले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन
साउथका निकै चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए ।
प्रशंसकबीच गलत मेसेज दिन चाहँदैनन्
कुनै पनि लत लाग्ने कुरालाई विज्ञापनमा देखेर प्रशंसकले खान सुरु गरुन् भन्ने कुरा अल्लुले नचाहेको आफन्त बताउँछन् । जुन कुराको उनी आफैँले प्रयोग गर्दैनन्, त्यसको विज्ञापन किन गर्ने भन्ने सोचका कारण अल्लुले विज्ञापनको प्रस्ताव अस्वीकार गरेको उनी बताउँछन् ।
मिडिया रिपोर्टका अनुसार अल्लुले सुर्ती कम्पनीको करोडौँको विज्ञापनको प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘म प्रशंसक बीच कुनै पनि गलत कुराको प्रोमोट गर्न चाहन्नँ । म आफैँ पनि सुर्तीजन्य पदार्थ खान्नँ । त्यसैले यो कम्पनीको ब्रान्ड एन्डोर्समेन्ट गर्न अस्वीकार गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण