सुर्खेत–२ (ख)बाट बडुवालले उम्मेदवारी दिने
सुर्खेतको निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभा सदस्यका लागि एकीकृत समाजवादीबाट मोहन बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । समाजवादीको जिल्ला अध्यक्ष समेत रहेका बडुवालले शनिबार पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आयोजित प्रदेश सभा (ख) समन्वय कमिटीको बैठकमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
बडुवाल गाउँ कमिटी सचिव हुँदै एमाले विभाजन हुनुभन्दा अघिसम्म एमालेको सुर्खेत जिल्ला सचिव थिए । त्यसपछि नेकपा हुँदा उनी नेकपा कार्यालय सदस्य थिए । ०७४ को निर्वाचनमा उनी एमालेबाट प्रदेश सभा सदस्य पदका लागि सिफारिस भएका थिए ।
यद्यपी पछि बाम गठबन्धन बनाएर जाने सहमति भएपछि माओवादी केन्द्रको भागमा परेको थियो । अहिले समाजवादीको प्रदेश सचिवालय सदस्य समेत रहेका उनले (ख) चुनाव लड्ने गरि यसअघिदेखि नै तयारी थालिरहेको बताए । बडुवालले गठबन्धन हुँदा पनि (ख)मा समाजवादीको दाबी रहने बताए । उनले रातोपाटीसँग भने,‘ संघ र प्रदेशका चार क्षेत्रमध्ये एउटामा हाम्रो दाबी रहन्छ । त्यो भएकाले हाम्रो जनमत पनि केही राम्रो भएकाले (ख) मा दाबी रहन्छ । त्यो भएकाले चुनाव लड्ने घोषणा गरेको हुँ ।’ (ख) अन्तर्गत क्षेत्र नं.–२ का बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
-
डाँका मुद्दामा २०५६ सालदेखि फरार प्रतिवादी पक्राउ
-
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण