ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
शुक्रबार, २६ असार २०८३, १० : ३०
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
- सिंहदरबारमा ११:३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे कुराकानी हुनेछ।
- छलफलमा इप्पानका अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की र वरिष्ठ उपाध्यक्ष उत्तम लामाको सहभागिता रहनेछ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।
बुधवार देखि उद्योगी–व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग संवाद गर्न लागका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ११ः३० बजे ऊर्जा उद्यमीहरूसँग छलफल गर्न लागको छन् । ऊर्जा उद्यमीहरूसँग ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे छलफल हुने एक उद्यमीले जानकारी दिए ।
प्रधानमन्त्रीले ऊर्जा क्षेत्रका समस्या र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल गर्न आफूहरूलाई सिंहदरबारमा आमन्त्रण भएकाले जाने तयारी गरेको उनको भनाई छ । छलफलमा इप्पान अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामाको सहभागिता जनाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के अहिलेको ‘ले ब्लु’ इतिहासकै उत्कृष्ट टोली हो?
-
मैना सुनुवार हत्या प्रकरण मुद्दाको निर्णय सुनाउने (निसु) का लागि आज पेसी तोकियो
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण