आणविक प्लान्टमा भएकाे आक्रमणबारे दोषारोपणमा रुस र युक्रेन
आइतबार, २९ साउन २०७९, ०६ : ३२
युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन् । उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो ।
प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ । उक्त प्लान्टमा सयौँ सेना तैनाथ गरेको र हतियार भन्डारण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ ।
‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस् । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ । आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ । युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण