८ पटक गरिसकेका छन् विवाह, अब नवौँ श्रीमतीको खोजीमा
आठ पटक विवाह गरिसकेका ७४ वर्षका एक व्यक्ति पुनः विवाह गर्ने कोसिसमा छन् । रन शेपर्ड नामका व्यक्तिले आफूलाई सुहाउँदो जोडी भेट्ने बित्तिकै आफू नवौँ पटक विवाह गर्न तयार भएको बताएका छन् ।
रन ब्रिटेनको सोमरटनका बासिन्दा हुन् । आफूलाई एक्लै बस्न फिटिक्कै मन नलाग्ने रन बताउँछन् । उनलाई घुम्न जानका लागि कोही साथी चाहिने उनी बताउँछन् । यसअघि उनले रोज नामकी एक अमेरिकी महिलासँग इन्गेजमेन्ट गरेका थिए तर सन् २०१९ मा उनले सम्बन्ध तोडिदिइन् । त्यतिबेलादेखि नै रन एक्लो जीवन व्यतित गरिरहेका छन् ।
द मिररसँगको कुराकानीमा पार्किनसन नामको रोगद्वारा ग्रसित रनले भने, ‘आफ्नो स्वास्थ्य समस्या र कोभिडका कारण म एक वैरागीको जीवन बाँचिरहेको थिएँ ।’
हास्य कलाकार नर्मन विजडमका पूर्व टुर म्यानेजर रन शेपर्डले भने, ‘मेरी पूर्व श्रीमती फिलिपिनो क्रिस्टेल लालेक सधैँ मसँग हुन्छिन् जस्तो लागेको थियो तर पाँच वर्ष घि उनले मलाई छोडिदिइन् । त्यसपछि नै म पार्टनरको खोजीमा छु ।’
रन थप्छन्, ‘म अहिले पनि प्रेमको खोजीमा छु । म कहिल्यै हार मान्ने छैन । मलाई एक्लै बस्न फिटिक्कै मन पर्दैन । म एउटा साथीको खोजीमा छु ।’

सन् १९६६ मा पहिलो विवाह गर्दै रन
रनका ८ सन्तान छन् र उनका १३ नाती–नातिना छन् । उनले सन् १९६६ मा मार्गरेटसँग पहिलो विवाह गरेका थिए तर दुई वर्षपछि नै उनको सम्बन्ध विच्छेद भएको थियो ।

श्रीमती नम्बर सातसँग रन
रनकी दोस्री श्रीमतीको नाम जेनेट हो । विवाहको एक वर्षपछि सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । दुई वर्षपछि सन् १९७६ मा उनले लेस्लीसँग विवाह गरेका थिए । विवाहको पाँच वर्षपछि सन् १९८१ मा लेस्लीको मृत्यु भयो र रन एक्लो भए । सन् १९८२ मा रनको पाँचौँ विवाह केथीसँग भयो । उनीसँग सम्बन्ध विच्छेद भएपछि सन् १९८६ मा रनले सूसँग विवाह गरे । यो विवाह ११ वर्षससम्म टिक्यो । रनले सिंगापुरकी उषासँग सन् १९९९ मा विवाह गरे । त्यसपछि सन् २००३ मा वनसँग र त्यसको एक वर्षपछि रनले वेंगसँग विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण