काँग्रेसले पनि गरायो दल दर्ता (तस्बिरहरु)
मङ्गलबार, ३१ साउन २०७९, १६ : १५
नेपाली काँग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गराएको छ । काँग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।
सहयोगीका रुपमा काँग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंगलबारसम्म तोकेको थियो । काँग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।
केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसले ढिलो गरी दल दर्ता गरेको हो । सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न काँग्रेसलाई सहज भएको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण