प्रेमिकाको ब्यागमा पिसाब फेरिदिने प्रेमीलाई अदालतले दियो यस्तो सजाय
दक्षिण कोरियाको एउटा नागरिक अदालतले हालै एक ३१ वर्षीय पुरुषलाई आफ्नी पूर्व प्रेमिकालाई उनको डिजाइनर ह्यान्डब्यागमा पिसाब गरेकोमा १।५ मिलियन वन (१,१५० डलर) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
यो घटना गत अक्टोबरको हो, जब यस मुद्दाका प्रतिवादी, दक्षिण कोरियाको सोउलका नाम नखुलाइएका ३१ वर्षीय पुरुष कथित रूपमा आफ्नी प्रेमिकासँग विवादमा परे । यी दुई गङ्गनाम–गु स्थित प्रेमिकाको घरमा थिए र उनीहरुबीच झगडा सुरु भयो । युवतीले अत्यधिक पैसा खर्च गरिरहेको र उनको यो बानीले ऋणमाथि ऋण थपिएको भन्दै ती पुरुषले असन्तुष्टि पोखिरहेका थिए । झगडाकै बीच ती व्यक्ति शयनकक्षमा गए र त्यहाँबाट आफ्नी प्रेमिकाको लुई भिटनको ब्याग लिएर आए, पाइन्ट खोले र उनकै अगाडि ब्यागमा पिसाब गरिदिए । उनलाई यो कुरा यति मन परेन कि उनले यस्तो कृत्य विरुद्ध प्रहरीमा उजुरी नै दिइन् ।
दक्षिण कोरियाली मिडिया समाचार आउटलेटका अनुसार, ती व्यक्तिले सुरुमा आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरे । प्रहरीसमक्ष आफूले पिसाब फेरेको जस्तो नाटक मात्र गरेको बताए । तर उनको लागि दुर्भाग्य नै भनौँ, अनुसन्धाताले उनको कुरा यत्तिकै विश्वास गरेनन् । यसको साटो नेशनल इन्स्टिच्युट अफ फरेन्सिक साइन्सलाई ब्यागभित्रबाट लिइएको स्याम्पल अनुसन्धान गर्न निर्देशन दिइयो ।
परिणाम स्पष्ट थियो । ती पुरुषले उक्त ब्यागमा डियोडोरेन्ट पनि छर्किए तर स्याम्पल अनुसन्धानले पिसाब नै भएको निष्कर्ष निकाल्यो जुन उनको डिएनएसँग पनि मेल खायो । उनीविरुद्ध यति धेरै प्रमाण भेटिएपछि उनले कसैगरी आफ्नो गल्ती स्वीकार गर्नैपर्यो ।
स्विकारोक्तिपछि ती पुरुषका पूर्ण प्रेमिकाले उनलाई क्षतीपूर्तिका लागि अदालतसम्म पुर्याइन् । सोउल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टका न्यायाधिश पार्क हाई–रिमले ती पुरुषलाई लुई भिटनको ब्याग बिगारिदिएको भन्दै १.५ मिलियन वन (११,५० डलर) क्षतिपूर्ति दिन आदेश दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण