राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक बिहीबार नै पारित गर्ने तयारी
बुधबार, ०१ भदौ २०७९, १८ : ४७

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । संघीय संसद सचिवालयले बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै यसबारे उल्लेख गरेको हो ।
विधेयक गृहमन्त्री बालकृष्ण खाँणले पुनर्विचार र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर्ने सहमति गरेको थियो । सोही अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएर प्रक्रिया अघि बढाएका थिए ।
विधेयकमा प्रमुख प्रतिपक्षी दल एमालेले विदेशी बुहारीको हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने अडान राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि