छैठौं वार्षिकोत्सवको अवसरमा वात्सल्यले स्वास्थ्य शिविर गर्दै
नि:सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा र कुण्ठाका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको वात्सल्य आईभीएफले आज आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ ।
आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको यस क्लिनिकले २५ सयभन्दा बढी दम्पतीलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ । प्रजनन उपचारमा काठमाडौं बाहिरका दम्पतीको पनि पहुँच बढाउन क्लिनिकले देशका ३ प्रमुख शहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
वात्सल्यका वरिष्ठ प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा आकृति भारतीको संलग्नता रहने यो एक दिने शिविर पोखरा, विर्तामोड र नेपालगन्जमा आयोजना गरिने एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको छ।
भाद्र ४ गते मेघा हेल्थ केयर, सभागृह चोक पोखरामा,भाद्र ११ गते निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक झापामा र भाद्र १८ गते वात्सल्य हेल्थ केयर, नेपालगन्ज शाखामा बिहान १० बजेदेखि शिविर सञ्चालन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्ता थिए ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण