अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज
शुक्रबार, ०३ भदौ २०७९, १५ : ४२
बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘रक्षा बन्धन’ को बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन् । यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो । यस्तैमा उनको नयाँ फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।
सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेलका पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म ... सबै कठपुतली हौं ।’ टिजरमा अक्षय कुमारका धेरै तस्बिरहरु देखाइएको छ, जसमा उनी प्रहरीको भूमिकामा देखिएका छन् । क्राइम थ्रिलर बिषयमा बनेको फिल्म रञ्जित एम तिवारीले निर्देशन गरेका हुन् । फिल्मलाई ज्याकी भगनानी र दिपशिखा देखमुखको पारिवारिक ब्यानर पूजा इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
-
हाइटी र सिरियाली आप्रवासीको टीपीएस हटाउन ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण