फेरि सुरु हुँदै तेलुगु फिल्मको सुटिङ, कलाकारले अब दैनिक पैसा नपाउने
केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।
अब भने अर्को साताबाट फेरि फिल्मको सुटिङ सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर फिल्मको सुटिङ गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा नपाउने र फिल्म हलमा रिलिज भएपछि कम्तीमा ८ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिनेछ ।
केही अगाडि गिल्डले विज्ञप्ति जारी गर्दै समस्याको समाधान नभएसम्म सबै छायाङ्कन कार्य रोक्ने जनाएको थियो । ‘एकपटक सबै फिल्म निर्माताबीच गम्भिरतापूर्वक छलफल हुनु जरुरी छ,’ गिल्डले विज्ञप्तिमा भनेको थियो ‘फिल्मको इकोसिस्टमलाई अझै राम्रो बनाउने र स्वस्थ वातावरणमा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो । यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण