प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरु सानेपामा, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०५ भदौ २०७९, १२ : २९
घाँटीको क्यान्सरका कारण शनिबार राति निधन भएका कांग्रेस नेता प्रदीप गिरिलाई प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
कांग्रेस पार्टी कार्यालय सानेपामा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतका नेताहरु श्रद्धाञ्जली दिन पुगेका हुन् ।
कांग्रेस पार्टी कार्यालयमा गिरिको पार्थिव शरीर आइतबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने कार्यक्रम छ । त्यसपछि स्वर्गीय गिरिको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने काँग्रेसले जनाएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण